घोराही सिमेन्ट इण्डष्ट्रीको संस्थापक समूह तथा कम्पनीको कर्मचारीहरुलाई र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि छुट्टाइएको सेयरको लक इन अवधि असार ३१ गते सकिने भएको छ ।
कम्पनिको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्त सेयरको लक-इन अवधि सकिना लागेको हो । हाल कम्पनीको संस्थापकहरुको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दाहरुको २४ हजार ७०५ कित्ता र कर्मचारीहरुको ९७ हजार ७७२ कित्ता सेयर लक-इन मा राखिएको छ ।
यी सेयरहरु लक इन खुले पछि दोस्रो बजारमा कारोबार योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपिओ बाँडफाँड भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस