Like us!
Follow us!
Connect us!
Watch us!

‘वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण’

सोमबार, २७ मंसिर २०७३, १५ : ५६ मा प्रकाशित

‘वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण’

अर्थ संसार
 काठमाडौं–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

नेफ्स्कून सूचना, सञ्चार तथा प्रकाशन उपसमितिको वैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । साकोस अभियानको भूमिका वृद्धिसंगै सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेफ्स्कूनलाई परिष्कृत बनाउदै लैजान आफुहरु प्रतिवद्ध रहेको उनले बताए । अध्यक्ष घिमिरेले वित्तिय सहकारीहरु समुदायको आर्थिक समृद्धि र सामाजिक एकीकरणको अभियान बनिरहेको सन्दर्भमा जागरण, प्रवद्र्धन, स्तरीकरण र गुणात्मक विकासका लागि उपसमितिले खेलिरहेको भूमिकाको प्रशंशा गरे । 
नेफ्स्कूनका सञ्चालक एवम् सूचना, सञ्चार तथा प्रकाशन उपसमितिका संयोजक डा. कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकले दुई वर्षे कार्यकालको समिक्षा गर्दै ‘साकोस आवाज’ म्यागजिनको प्रकाशन आरम्भ, अनलाइन प्रकाशन र सञ्चार क्षेत्रको संयोजन कार्य महत्वपूर्ण भएको ठहर गरेको छ । सबै सहकारीहरुलाई सूचना प्रविधिमैत्री र आम सञ्चारमाध्यममा पहुंच बढाउने सन्दर्भलाई प्राथमिकतामा राख्न वैठकले आग्रह गरेको छ । 

यो पनि पढ्नुहोस्

बजार ओरालोमै, १३ अंकले घट्यो नेप्से, कारोबार रकम भने अघिल्लो दिनभन्दा १५ करोडले बढ्यो

रेखा थापाले फेरिन् पार्टी, माओवादी केन्द्रबाट अब राप्रपामा

नेशनल माइक्रो फाइनान्सलाई १६९ देखि ५०६ मूल्य रेञ्ज, अधिकतम मूल्यमा समेत बेच्न भेटिएनन्

मिर्मिरेको ५० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन, १६६७ रुपैयाँ प्रतिकित्ता

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी हुने

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको