Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबलमा दक्षिण कोरियाकाे विजयी सुरूवात, चेक रिपब्लिक २–१ पराजित

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, ११ : ०९ मा प्रकाशित

विश्वकप फुटबलमा दक्षिण कोरियाकाे विजयी सुरूवात,  चेक रिपब्लिक २–१ पराजित

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरे । 

खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो । लगातार १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ भने चेक रिपब्लिक सन् २००६ पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो । 
आज राति नेपाली समयअनुसार पौने १ बजे समूह ‘बी’ मा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, भोलि बिहान पौने ७ बजे समूह ‘डी’ अन्तर्गत अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको