बैंकहरूले कर्जा लगानी गरेपछि त्यसको पर्याप्त अनुगमन र वार्षिक मूल्याङ्कन नगर्ने गरेको तथ्य सार्वजनिक भएको छ। केन्द्रीय बैंकले बैंकहरूको कर्जा अनुगमन प्रणाली कमजोर रहेको तथा कर्जा प्रवाहपश्चात् आवश्यक मूल्याङ्कन प्रक्रिया प्रभावकारी रूपमा नअपनाइएको उल्लेख गरेको छ।
केन्द्रीय बैंकले भनेको छ,‘कर्जा मूल्याङ्कन तथा कर्जा वर्गीकरणमा कमजोरीहरू देखिएका छन्। बैंकहरु लिलामी प्रक्रियामा रहेका कर्जा फाइलहरूलाई वर्गमा नराख्ने, ऋणीको वार्षिक मूल्याकंन नगर्ने तथा सम्बन्धित पक्षका कर्जाहरूलाई अनुगमन नगर्ने गरेकाे पाइएको छ।'
केन्द्रीय बैंकका अनुसार कर्जा प्रवाहमा विभिन्न नियामकीय कमजोरीहरू देखिएका छन्। बैंकहरूले ऋणीको योग्य कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गर्ने, नकारात्मक खुद मूर्त सम्पत्ति भएका संस्थाहरूलाई कर्जा उपलब्ध गराउने, पर्याप्त धितोबिना कर्जा विस्तार गर्ने तथा ५ प्रतिशतभन्दा बढी स्वामित्व भएका वित्तीय संस्थाका सेयरहरूलाई मार्जिन कर्जाको धितोका रूपमा स्वीकार गर्ने गरेको पाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस