Like us!
Follow us!
Connect us!
Watch us!

लेबनानमा इजरायली आक्रमणपछि स्ट्रेट अफ होर्मुज बन्द गरेको इरानको भनाइ, अमेरिका भन्छ– खुल्लै छ

अर्थ संसार

आइतबार, ०७ असार २०८३, ०७ : ५१ मा प्रकाशित

लेबनानमा इजरायली आक्रमणपछि स्ट्रेट अफ होर्मुज बन्द गरेको इरानको भनाइ, अमेरिका भन्छ– खुल्लै छ

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) जलमार्ग पुनः बन्द गरेको इरानले जनाएको छ । तर अमेरिकी सेनाले भने जलमार्ग खुल्ला रहेको र जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ । सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् ।

हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेको बीबीसीले जनाएको छ । इरानको सो घोषणापछि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले सञ्चारमाध्यमहरूलाई जलमार्गमा जहाजहरूको आवतजावत निरन्तर जारी रहेको बताएका छन् । उनले अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको भन्दै इरानले स्ट्रेट अफ होर्मुज नियन्त्रण नगर्ने बताए ।

बीबीसीले आफूले गरेको भेरिफाइले शनिबार कम्तीमा पाँचवटा तेल ट्यांकर जलडमरूमध्य पार गरेको र केही जहाजले बीचमै मार्ग परिवर्तन गरेको जनाएको छ । यसै साताको सुरुमा अमेरिकी र इरानी राष्ट्रपतिबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा लेबनानसमेतका सबै मोर्चामा तत्काल युद्धविराम लागू गर्ने, विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने, आगामी ६० दिनभित्र अन्तिम सम्झौताका लागि थप वार्ता गर्ने लगायतका विषय समावेश छन् । तर दुवै देशबीच अविश्वास र असमझदारी कायम छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको