नोबल पुरस्कार विजेता अर्थशास्त्री रबर्ट सिलरले सम्पत्तिको मूल्यमा देखिने फोकालाई सामाजिक प्रवृत्तिको रूपमा चित्रण गरका छन् ।‘इर्यासनल इग्जुबरन्स’ नामक पुस्तकका लेखक अर्थशास्त्री सिलरले पहिलोपटक सन् २००० मार्चमा यो पुस्तक सार्वजनिक गरका थिए ।
संगोगवश यो पुस्तक सार्वजनिक भएको महिनामै संयुक्त राज्य अमेरिकामा डट कम बबल क्र्यास भएको थियो। सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरूको सेयरको मूल्यमा आएको ठूलो गिरावटलाई नै डट कम बबल क्र्यास भन्ने गरिन्छ ।
इन्टरनेटको प्रयोग बढेसँगै प्रविधिसँग सम्बन्धित कम्पनीका सेयरहरूको माग बढेको, त्यसै क्रममा सेयरको मूल्य अत्यधिक माथि गइरहेको र यो जुन कुनै समयमा विस्फोट हुनसक्ने विषयलाई अर्थशास्त्री सिलरले तार्किक ढंगमा प्रस्तुत गरका थिए।
‘इर्यासनल इग्जुबरन्स’ को सन् २००५ मा प्रकाशित दोस्रो संस्करणमा हाउजिङ मार्केटमा देखिएको बबललाई उद्धरण गर्दे उनले औसतमा संयुक्त राज्य अमेरिकामा मुद्रास्फिति समेत समायोजन गरिसकेपछिको घरको मूल्य सन् १९९७ देखि २००४ सम्म अर्थात ७ वर्षको अवधिमा ५२ प्रतिशतले बढेको उल्लेख गरका थिए ।
उनको आशय हाउजिङ बजारमा भइरहेको बबल दिगो नहुने र यो चाँडै विस्फोटनमुख र हेको भन्ने थियो। नभन्दै सन् २००८ मा हाउजिङ मार्केट नराम्ररी क्र्यास हुनपुग्यो।
यसैको परिणाम अमेरिकाले सन् १९३० को दशकपछिको अर्को ठूलो आर्थिक मन्दी भोग्नुपर्यो। विश्व वित्तीय संकट नाम दिइएको सन् २००८ को अमेरिकी आर्थिक संकटको असर युरोप र संसारका अन्य देशहरूसम्म फैलिन पुग्यो।
सन् १९९६ मा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वका तत्कालीन चेयर अलेन ग्रिन्सप्यानले पहिलोपटक उठाएको ‘इर्यासनल इग्जुबरन्स’ को विषयलाई अर्थशास्त्री सिलरले पुस्तकाकार दिएर मानिसहरूमा लहडको भरमा लगानी गर्ने प्रवृत्ति हुने, देखासिकी गर्ने र अन्ततः घरजग्गा र सेयरमा गरको लगानी डुव्ने कुरालाई विश्लेषणात्मक ढंगले प्रस्तुत गरका छन ।
नेपालमा पनि सेयर बजार तथा घरजग्गा कारोबारको आरोह र अवरो ह यस्तै प्रवृत्तिको वरिपरि घुमिरहेको पाइन्छ ।
पछिल्लो सन्दर्भ
बैंकहरूको तरलतामा देखिएको दबाबसंँगै केही महिनायता सेयर बजार ओरालो लाग्ने क्रम सुरु भएको हो। बैंकहरूसँंग लगानीयोग्य साधनको अभाव हुनासाथ बैंकहरूभन्दा पनि एक कदम अगाडि बढे रबैंकहरूको तरलताबार चासोे राख्ने सेयर लगानीकर्ताहरू थिए ।
नेपाल यस्तो देश हो, जहा बैंकिङ पहुँच बाहिर रहेका ६० प्रतिशत मानिसलाई बैंकिङ क्षेत्रको तरलताबार खासैे जानकारी हुँदैन । यसैगरी कृषि पेसामा संलग्न ६६ प्रतिशत श्रमशक्ति र निरपेक्ष गरिबीको रखामुनिका २१.६ प्रतिशत मानिसलाई पनि बैंकिङ क्षेत्रको तरलताले छोएको देखिँदै न ।
आवश्यकता पर्दा ऋण पाउन अप्ठ्यारो भएको, गाउ“मा बैंकहरू पुग्न नसकेको र बैंकमा जागिर खान लरतरो भनसुनले नपुग्ने जस्ता विषयहरूमा आम नागरिक बढी चिन्तित देखिन्छन् । अर्थतन्त्रमा साधन परिचालनलाई सहज र प्रभावकारी बनाउन सेयर बजारको विकास र स्थायित्व आवश्यक हुन्छ ।
तर नेपालको सेयर बजारको गहनता र व्यापकताबार विचारे नपु¥याइकनै नेपाल स्टक एक्सचेञ्ज इन्डेक्स (नेप्से सूचकांक) मा हुने उतार – चढावलाई ठूलो चर्चाको विषय बनाउने, बैंकिङ क्षेत्र र अर्थराजनीतिका सबै सरोकारवालालाई पनि त्यसैको पछाडि दौडिन बाध्य बनाउने तथा नेपालको अर्थतन्त्रको उत्थान र पतनको व्यारोमिटरको रूपमा पनि नेप्से सूचकांकलाई नै प्रस्तुत गर्ने प्रवृत्तिदेखि सावधानी अपनाउनुपर्ने देखिन्छ ।
पछिल्लो केही समययताका घटनाक्रमलाई मात्र हेर्दा पनि छोटो समयमा नेपालको सेयर बजारमा ठूलो उतार–चढाव आइनै रहेको हो। उदाहरणका लागि २०७३ साउन १२ गते नेप्से सूचकांक १८८१ बिन्दुमा पुगेको थियो। यो नेप्सेको इतिहासमै सबैभन्दा ठूलो उचाइ हो।
तर त्यसको छोटो समयमै २०७३ माघतिर आइपुग्दा नेप्से सूचकांक १३०० को वरिपरि घुमिरहेको थियो। अझ २०७२ असारको अन्त्यतिर नेप्से सूचकांक ६१ बिन्दुमात्रै थियो। आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारको बुलिस ट्रेन्डलाई सहयोग पुग्नेगरी राजनीतिक तथा वित्तीय क्षेत्रमा केही घट्नाक्रमहरू विकसित भएका थिए ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि तोकेको पुँजी वृद्धि योजना, संविधानको घोषणासँगै लगानीकर्ताहरूको अपेक्षामा आएको परिवर्तन तथा बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताका कारण दुई वर्षअघि सेयर बजार तेजीको प्रवृत्तिमा थियो। पछिल्लो समय १३०० विन्दुको वरिपरिमा रहेको सेयर बजारमा ५०/६० विन्दु तलमाथि हुने बित्तिकै साना लगानीकर्तालाई निराश बनाउने र ठूलो होहल्ला मच्चाउने प्रवृत्तिले सेयर बजारको दिगो विकासमा सहयोग पुर्याँदैन ।
सेयर बजार घटाउने, साना लगानीकर्तालाई त्रसित बनाउने, आफ्नो पोजिसन बलियो बनाउने अनि तरलता अभावका कारण सेयर बजार खस्केको भन्दै विभिन्न निकाय धाउने प्रवृत्तिले सट्टेबाजीलाई मात्र सहयोग पुर्याइरहेको हुन्छ ।
खेतमा काम गर्ने किसानले सहज ढंगले ऋण नपाँउदा कृषि उपज बढ्न नसकेको र त्यही किसान व्याजको पासोमा फँसेको समाचारले कमैमात्र स्थान पाउने हाम्रो मुलुकमा सेयर बजार जोगाउन दिइने प्रत्यक्ष र अप्रत्यक्ष ऋणले अर्थतन्त्रको समग्र उत्पादकत्व वृद्धि गर्न कत्तिको सहयोग पु¥याएको छ भन्ने विषयमा बैंकहरू तथा नियामक निकायहरू सबैले विशेष सतर्कता अपनाउनुपर्ने भएको छ ।
प्रवृत्तिगत जोखिम
सेयर बजार उतार–चढावले नेपालको अर्थतन्त्रको विद्यमान अवस्थालाई कुन हदसम्म प्रतिविम्बित गर्छ भन्ने विषयमा व्यापक बहस हुनु जरुरी छ ।
सेयर बजारमा लगानी प्रोत्साहित गर्ने भन्दै कहीं हामी गाउँबाट कले ज पढ्न आएको होनहार युवक वा मुलुकको विकासका लागि अत्यावश्यक भनिएका जलविद्युत आयोजनाहरूको एक–दुई सय कित्ता सेयर किने रआफ्नो नियमित काममा फर्किने किसानलाई सट्टेबाजीको सिकार बनाउन उद्यत भइरहेका त छैनौ ? यही मौकामा राष्ट्रको ढुकुटीबाट तलब खानेहरूलाई हामी राष्ट्र र जनताको हितका लागि नीति निर्माण गर्ने वा दैनिक सेवा प्रवाह गर्ने काममा भन्दा आफ्ना कार्यालयको कम्प्युटरको स्क्रिनमा दिनभरिजसो सेयर बजारको इन्डेक्स हेर्ने वातावरणमात्र बनाई दिइरहेका त छैनौ ? सेयर बजारलाई दिशानिर्देश गर्दै मुलुकमा उपलव्ध सीमित वित्तीय साधनलाई दीर्घकालीन विकासमा उपयोग गर्ने जिम्मेवारी पाएकाहरूलाई नै कतै हामीले आफ्नो कामसँग सम्बन्धित विषयमा स्वार्थको द्वन्द्व हुनेगरी अल्झाइदिएका त छैनौ ? अझ व्यवसाय विस्तार गर्ने भन्दै बैंकबाट अर्बाै ऋण लिएर हिँडेको व्यापारी उद्योगधन्दा स्थापना गर्न छोडे रसेयर बजारको चक्रको जोखाना हे र रबसेको त छै न ? नेपालको सेयर बजारको विकासमार्फत समग्र अर्थतन्त्रको रूपान्तरणमा चासो राख्ने सबैले यी संवेदनशील विषयमा ध्यान दिएनौं भने नेप्से इन्डेक्स जतिसुकै माथि पुगे पनि ४ प्रतिशतभन्दा माथिको औसत आर्थिक वृद्धिदरतर्फ नेपाललाई लैजान सक्ने छैनौ ।
मुलुकको विकासका लागि पुँजी बजारको आवश्यकता छ र साधन परिचालनमार्फत वास्तविक क्षेत्र अर्थात उद्योगधन्दा, कृषि, जलविद्युत, पर्यटन र पूर्वाधार लगायतका क्षेत्रमा लगानी परिचालन गर्नु पनि आजको आवश्यकता हो भन्नेविषयमा दुईमत छै न । तर सेयर बजारको स्थायित्व र अर्थतन्त्रमा यसको सकारात्मक योगदान बढाउने विषयमा तटस्थ चिन्तन हुनु पनि उत्तिकै महत्वपूर्ण छ । नेपालको सेयर बजारमा पछिल्लो समय देखिएका उतार–चढावहरूमा विशेषगरी सामाजिक मनोवैज्ञानिक कारणको प्रभाव बढी देखिन्छ ।
यसैको परिणामस्वरूप लगानीकर्ताहरूमा फ्रेन्जी अर्थात अनियन्त्रित व्यवहार देखिने र सेयरको मूल्यमा ठूलो उतार–चढाव आउने भइरहेको मान्न सकिन्छ । पुँजी बजारमा देखापर्ने यो प्रवृत्तिले साना तथा सर्वसाधारण लगानीकर्ताहरू ठूला फौबन्जारी समूहको सिकार बन्ने हुन्छन्। यस्तो अवस्थाले अर्थतन्त्रको विकासका लागि आवश्यक पुंँजी परिचालनमा समेत प्रतिकूल प्रभाव पार्ने हुन्छ ।
सीमित वित्तीय साधन भएको र पछिल्लो समय सरकारी तथा निजी क्षेत्र दुवैतर्फ साधन व्यवस्थापन गर्न असहज हुने देखिएको सन्दर्भमा वित्तीय नीति र सार्वजनिक वित्त नीति दुवैतर्फबाट सेयर बजार स्थायित्वका लागि थप नियमन हुनुपर्ने देखिन्छ । कान्तिपुरबाट
भट्ट नेपाल राष्ट्र बैंकका निर्देशक हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस