Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज भने १४.१७ अंकले बढेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२६.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९८ अंकले बढेर ४७१.३० विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको मूल्य बढेको छ भने दुई वटाको घटेको छ । 

परिसूचक बढेको दिन बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३३८ कम्पनीका १ करोड ५२ हजार ५०२ कित्ता सेयर ५७ हजार ५०३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोड ६१ लाख ३३ हजार ५४३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटामा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको