Like us!
Follow us!
Connect us!
Watch us!

एक सेयर होल्डरको बयानः कौडीमा बेचिँदै एस डेभलपमेन्ट बैंक

विहीबार, ३० मंसिर २०७३, १० : २० मा प्रकाशित

एक सेयर होल्डरको बयानः कौडीमा बेचिँदै एस डेभलपमेन्ट बैंक

अज्ञात
काठमाडौं –एस डेभलपमेन्ट बैंकको प्रमुख संस्थापकमध्ये एक हो नेपाल इन्भेस्टमेन्ट बैंक । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसँगको पुरानो निजी तथा व्यापारिक सम्बन्ध रहेको हुँदा सर्वसाधारण शेयरधनीलाई मर्कामा पारेर आफूहरूलाई मात्र फाइदा हुने गरी निहित् स्वार्थवस् नेपाल इन्भेस्टमेन्ट बैंकलाई अति कम स्वाप रेसियोमा एस डेभलपमेन्ट बैंक सुम्पिन सम्पूर्ण चाँजोपाँजो मिलाएको देखिन्छ ।

यस सन्दर्भमा नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडेले पूर्वअर्थ मन्त्री आफ्नो सम्धी भएको फाइदा उठाउँदै उनीमार्फत नेपाल राष्ट्र बैंकलाई प्रभाबमा पारेका छन् । यसरी नियमविपरित राष्ट्र बैंकबाट एक्विविसनको सहमति लिने तरखरमा रहेका छन् ।

एस डेभलपमेन्ट बैंकको शेयर संरचनाअनुसार सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत र संस्थापक शेयरधनीको ५१ प्रतिशत रहेको छ । एस डेभलपमेन्ट बैंकको संस्थापक शेयरधनीहरूलाई नाजायज आर्थिक लाभसमेत हुने गरी र सर्वसाधारण शेयरधनीहरूलाइ डुबाउने नियतले बजारमा प्रचलित स्वाप रेसियोभन्दा अत्यन्त कममा अति न्युन ४१ प्रतिशतमा एस डेभलपमेन्ट बैंक सुम्पिन लागेको कुरा तल उल्लेख गरेको तथ्यबाट समेत स्पष्ट हुन्छ ।

यसअघि केही बैंकको स्वाप रेसियो यसरी तोकिएको थियो ।

  • सनराइज बैंकले नारायणी नेशनल डेभलपमेन्ट बैंकलाई ७८ प्रतिशत
  • सिभिल बैंकले आइएलएफसी फाइनान्सलाई ८० प्रतिशत
  • एनएमबि बैंकले क्लिन इनर्जी डेभलपमेन्ट बैंकलाई ७५ प्रतिशत
  • कुमारी बैंकले काष्टमण्डप डेभलपमेन्ट बैंकलाई ८३ प्रतिशत
  • जनता बैंकले त्रिवेणी विकास बैंकलाई सत प्रतिशत  

यसरी हेर्दा अन्यायपूर्ण तरिकाले सर्वसाधारण शेयरधनीहरूलाई मर्कामा पार्ने गरी एस डेभलपमेन्ट बैंकलाई सुम्पिन लागेको प्रस्ट हुन्छ । यस कुराको एस डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभामा सर्वसाधारण शेयरधनीबाट व्यापक विरोध भएको थियो । यसका वावजूद आफ्नो निहित स्वार्थको लागि सुम्पिने कार्य अगाडि बढाएको हुँदा बाध्य भइ सर्वसाधारण शेयरधनीहरूले सोको बिरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा लिखित् उजुुरी दर्ता गराएका छौं ।

सोहीअनुरूप आवश्यक कारवाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०७३।०८।१० चलानी नम्बर ८७६ पत्र संख्या १ अर्थ २३५।०७३।७४  बाट नेपाल राष्ट्र बैंकलाइ पत्र पठाइएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको अध्यक्ष पाँडेसँगको व्यक्तिगत सम्वन्धका कारण आफैले बनाएको नयाँ नियम लागू गर्ने नेपाल राष्ट्र बैंकले नयाँ नियम आउनुअघिको डिडिए र दवै बैंकका संस्थापकहरूको निहित स्वार्थवस् प्रस्ताव गरिएको ४१ प्रतिशत स्वाप रेसियोमै एस डेभलपमेन्ट बैंकलाइ नेपाल इन्भेस्टमेन्ट बैंकले प्राप्ति गर्ने सहमति दिन लागेको कुरा विश्वस्त सूत्रबाट जानकारी हुन आएको छ ।

वास्तवमा नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार शेयर स्वाप रेसियो को गणना गर्ने भए कम्तीमा ५५% हुन जाने भएतापनि ४१% मा नै स्वाप रेसियो कायम गरी स्विकृती दिन खोज्नुबाट एस डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरधनीहरूको चलखेल र नेपाल राष्ट्र बैंकको सम्बन्धित् विभागले मोटो आर्थिक फाइदा लिएको स्पष्ट हुन्छ ।

यदी यसरी अधिकार प्राप्त निकायहरुमा सर्वसाधारण शेयरधनीहरुलाई परेको मार्काको सम्बन्धका उजुरी गर्दा पनि यी बैकका संचालकहरुले मिलेमतोमा बैकलाई ४१ प्रतिशतकै स्वाप रेसीयोमा खरीद बिकी गरेमा हामी अदालत जान बाद्य हुने छौं । 

यो पनि पढ्नुहोस्

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको