Like us!
Follow us!
Connect us!
Watch us!

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

मंगलबार, ०४ बैशाख २०७५, १२ : २७ मा प्रकाशित

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

अर्थ संसार, काठमाडौँ– लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ ।

आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

सन् २०१० मा उक्त संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो । नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि एशिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकाछन् ।

त्यसैगरी आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल निर्वाचित भएको छ । उक्त आयोगमा एशिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्याण्ड र इरान निर्वाचित भएका छन् ।

उक्त पदका लागि गोप्य मतदान भएको ५४ सदस्यीय राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्मा नेपालले ५२ मत प्राप्त गरेको उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको