Like us!
Follow us!
Connect us!
Watch us!

मोदी नेपाल आउँदै

सोमबार, १० बैशाख २०७५, ०७ : ५५ मा प्रकाशित

मोदी नेपाल आउँदै

अर्थ संसार,काठमाडौँ– भारतीय सञ्चारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने दाबी गरेका छन् ।

तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बारेमा सामान्य जानकारी आए पनि मिति भने टुङ्गो नलागेको बताए ।  

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो  दिएका थिए ।

 परराष्ट्रमन्त्री ज्ञवालीले भने, “मिति तोक्ने विषयमा छलफल भइरहेको छ । ”
भारतीय सञ्चारमाध्यमले भने त्यहाँको विदेश मन्त्रालयका कूटनीतिक स्रोतलाई आधार मान्दै प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल भ्रमणमा जाने तय भएको समाचार सम्प्रेषण गरेका छन् ।

प्रधानमन्त्री मोदी काठमाडौँ आएपछि जनकपुर भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ । यसअघि नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री जनकपुर जाने कार्यक्रम तय भए पनि सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो ।

मोदी भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपालको यो तेस्रो भ्रमण हुनेछ । पहिलोपटक १८औंँ सार्क सम्मेलनमा भाग लिनका लागि २०७१ मा मोदी आएको  थियो भने लगत्तै औपचारिक राजकीय भ्रमणमा नेपाल आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको