अर्थ संसार, काठमाडौँ– संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ ।
बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गर्नुभयो ।
सांसदद्वय प्रकाश पन्त र कालीबहादुर मल्ल्ले समसामययिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो। बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि छलफल हुने कार्यक्रम छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस