Like us!
Follow us!
Connect us!
Watch us!

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने– मुख्यमन्त्री राई

सोमबार, २४ बैशाख २०७५, १३ : ०९ मा प्रकाशित

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने– मुख्यमन्त्री राई

अर्थ संसार, पाँचथर– मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ । फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो । 

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउनुभयो । जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उहाँले जोड दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको