Like us!
Follow us!
Connect us!
Watch us!

ओली र प्रचण्डबीच बालुवाटारमा दुई घण्टा वार्ता, के भयो प्रगति

बुधबार, २६ बैशाख २०७५, १४ : ५० मा प्रकाशित

ओली र प्रचण्डबीच बालुवाटारमा दुई घण्टा वार्ता, के भयो प्रगति

अर्थ संसार, काठमाडौँ- नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको उकता प्रसक्रयामा गत्यावरोध उत्पन्न भइरहेको बेला बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटामा दुई घण्टा वार्ता भएको छ ।

प्रचण्ड र ओलीबीच २ घण्टासम्म एक्ला–एक्लै वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि गत वैशाख २० गते ओली–प्रचण्डबीच दुई पटक वार्ता भएको थियो । गत वैशाख १४ गते दुई नेताबीच भएको वार्तामा एकताको अन्तिम टुंगो लागेको बताउँदै एकताको मिति घोषणा गर्ने तयारी गरिएको जानकारी आएको थियो ।

एमाले–माओवादी एकता वैशाख ९ गते नै हुने बताइएको भएपनि मिति भने पछाडि सर्दै आएको छ । वार्तामा एकता प्रक्रियालाई शिघ्रा ति शिघ्र निष्कषृमा प्र्याउने विषयमा छलफल भउको बुझिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको