Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

सोमबार, ३१ बैशाख २०७५, ११ : ३८ मा प्रकाशित

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

अर्थ संसार, हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ । 

दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा पूर्वाधार मन्त्री कैलाश ढुंगेलले बताउनुभएको छ । 

मन्त्री ढुंगेलले आगामी २०७५/७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई उच्च प्राथमिकता दिएको बताउनुभयो । 

प्रवक्ता ढुंगेलले आगामी असार १ गते आव २०७५/७६ को विनियोजित बजेट प्रदेशसभाको बैठकमा पेश गरिने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको