Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल कम्युनिष्ट पार्टीेमा महिला सहभागिता न्यून भएको गुनासो

विहीबार, १० जेठ २०७५, ०८ : ४७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीेमा महिला सहभागिता न्यून भएको गुनासो

अर्थ संसार, काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीेको हालै गठित केन्द्रीय कमिटीमा महिला सहभागिता न्यून भएको भन्दै संविधानको व्यवस्था, मर्म र भावना अनुकूल हुनुपर्ने माग गरिएको छ ।

संविधानले राज्यका सबै संरचनामा ३३ प्रतिशत महिला हुनुपर्ने भनिए पनि त्यसको मर्म विपरीत नव गठित पार्टीको केन्द्रीय कमिटीमा महिलाको कम प्रतिनिधित्व गराएकोमा ध्यानाकर्षण गरिएको छ ।

पार्टीको ४९६ सदस्यीय तीन तहको समितिमा महिलाको प्रतिनिधित्व ७५ जना मात्रै रहेको छ जुन प्रतिशतका आधारमा १५ दशमलव १२ प्रतिशत मात्रै हुन आउँछ ।

अहिलेको संरचना अनुसार नौ सदस्य सचिवालयमा महिलाको प्रतिनिधित्व शून्य, ४५ सदस्यीय स्थायी समितिमा एक जना मात्रै र ४११ केन्द्रीय सदस्यमा ७४ जना गरी जम्मा ७५ जना महिलाको प्रतिनिधित्व भएको छ ।

वामपन्थीको शासन आए अधिकार विहीनहरूका सुदिन आउने सपना देखाएका तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीको एकीकरणबाट गठित नेपाल कम्युनिष्ट पार्टी शुरुमा नै महिलाको पक्षमा अनुदार देखिनु दुखद् भएको जानकार महिलाको भनाइ रहेको छ ।

नेत्री शशी श्रेष्ठले पार्टीको सचिवालय जस्तो निर्णयक तहमा महिलाको सहभागिता शून्य हुनुले पार्टी नेतृत्वले महिलाको नेतृत्वलाई स्वीकार गर्न नसकेको देखिएको बताउँदै कमजोरी सच्चाउन आग्रह गर्नुभयो ।

संधिवान अनुसार संविधानको मर्मलाई नकार्न नमिल्दे भन्दै कसैले एक सय जनाको कुनै समिति गठन हुँदा कम्तिमा महिलाको संख्या ५१ हुनुपर्छ । त्यसो भएन भने त्यो समिति गठन गर्ने पार्टी, संस्था, समिति जो सुकैलाई पनि मुद्दा हाल्न सकिने कानुनी प्रावधान छ ।

महिला अधिकारकर्मी शर्मिला कार्कीले नेपालको संविधानको मौलिक हकको उलङ्घन भएको भनेर टिप्पर्णी गर्नुभयो । उहाँका अनुसार ४४१ सदस्यीय केन्द्रीय कमिटीमा कम्तीमा पनि १४५ महिला हुनुपर्नेमा ७४ जना महिला मात्रै समेटिएको छ जुन १६ दशमलव ७ प्रतिशत हुन आउँछ ।

त्यस्तै ४५ सदस्यीय स्थायी समितिमा १५ जना महिला हुनुपर्नेमा एकजना अष्टलक्ष्मी शाक्यको नाम मात्रै सार्वजानिक भएको छ । त्यसैगरी नौ सदस्य रहेको सचिवालय ९हाई कमाण्ड० मा भने महिलाको सहभागिता शून्य रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको