Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभामा प्रम ओलीको जवाफ : काठमाडौंमा ३ वर्षभित्र मोनोरेल चल्छ

आइतबार, १३ जेठ २०७५, १३ : ५७ मा प्रकाशित

प्रतिनिधिसभामा  प्रम ओलीको जवाफ : काठमाडौंमा ३ वर्षभित्र मोनोरेल चल्छ

अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा जवाव दिदै प्रधानमन्त्री ओलीले ३ वर्षभित्रमा काठमाडौंमा मोनोरेल कुद्ने बताए ।

‘काठमाडौं महानगरपालिकाले मोनो चलाउनको लागि कम्पनीसँग सम्झौता गरिसक्यो,३ वर्षभित्र काठमाडौंमा मोनो चल्छ।’प्रधानमन्त्री ओलीले भने ।

 प्रधानमन्त्री  ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहेका छन् ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरका थिए ।  उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग  लिएका छन् ।

नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५/७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७४/७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्दैछन् ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११ः४८ बजे शुरु भएको थियो ।

बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “सरकारको नीति तथा कार्यक्रममाथि थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएन, व्यापक समर्थनभाव, विश्वास र अपेक्षा देखियो, कार्यक्रम प्रभावकारी गरियोस् भनी सकारात्मक सुझाव आए, ठीक ढंगले नीति तथा कार्यक्रमको व्याख्या भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको