Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आइतबार, १३ जेठ २०७५, १४ : १२ मा प्रकाशित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

अर्थ संसार, काठमाडौं–  सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम  आइतबार बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको  प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११ः४८ बजे शुरु भएको थियो ।

बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको