Like us!
Follow us!
Connect us!
Watch us!

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

सोमबार, १४ जेठ २०७५, १३ : १७ मा प्रकाशित

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

अर्थ संसार, काठमाडौँ–संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो ।

सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सहमतिअनुसार संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ ।

साथै सरकारद्वारा गर्न सकिने काम सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ र उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ । उक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल हुने अर्को बुँदामा उल्लेख छ ।

5b0bc5c84d10b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको