अर्थ संसार, चितवन– गृहमन्त्री रामबहादुर थापाले पूर्वतयारी गरी भूकम्पी यजोखिम न्यूनीकरणका लागि अग्रसर हुन चितवनबासीलाई अपिल गरेका छन् ।
प्रकृति मान्छेको मित्र भएकोले प्रकृतिले जे माग गर्छ, सोही अनुसार काम गर्नुपर्ने भन्दै उनले भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुन सक्ने क्षतिकम गर्न भने अवश्य सकिने बताए ।
भरतपुर नगरपालिकाको वडा नं ४ स्थित भूकम्पीय प्रबलीकरण गरिएको वडा कार्यालय भवनको अवलोकन गर्ने क्रममा गृहमन्त्री थापाले भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण रहेका घरहरुमा प्रबलीकरण अर्थात रेट्रोफिट गरी पूर्वतयारी गर्नुपर्ने बताएका हुन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँगै प्रबलीकरण गरिएको भवन अवलोकन गर्न पुगेका थापाले प्रबलीकरणको प्राविधिकपक्षको बारेमा जिज्ञासा राखेका थिए ।
भरतपुर महानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालको सहकार्यमा उक्त भवनको भूकम्पीय प्रबलीकरण गरिएको हो । सम्भावित भूकम्पबाट सुरक्षित बनाउन तथा प्रबलीकरणको प्राविधिक ज्ञान र सीपबारे समुदायमा जानकारी गराउन सो भवनको प्रबलीकरण गरिएको थियो ।
उक्त कार्यक्रममा महानगरपालिकाका ईंन्जिनियर सूर्य प्रकाश लामा र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले गृहमन्त्री थापा लगायत मेयर, उपमेयर लगायतलाई भवनको बारेमा विस्तृत जानकारी गराएकाथिए ।
भवन स्प्लिन्टिङ्ग र व्याण्डेजिङ्ग प्रविधिबाट प्रबलीकरण गरिएको हो ।
प्रबलीकरण कार्यको अवधिमाकूल १९ जना नयाँ डकर्मी र ५ जना ईन्जिनियरहरुले प्रबलीकरणको दक्षता हासिलगरेका थिए ।सो भवनमाप्रयोग गरिएको प्रविधि हेरेर समुदायले पनिआफ्नो घरलाई भूकम्प प्रतिरोधीब नाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस