अर्थ संसार, काठमाडौं– संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफूले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएकोगुनासो गरकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानी मै दलितप्रति ठूलो भेदभाव रहेकोर त्यही कारण आफूलेएक महिनादेखि डेरा पाउन नसकेको बताइन्।
‘सबभन्दा दुःख लाग्दो कुरा काठमाडौं जस्तो मुलुकको केन्द्रीय राजधानी मै दलितमाथि यति ठूलो छुवाछूत र भेदभाव रहेछ,’ उनले भनिन्, ‘हामीलेडेरा खोजेकोएक महिना पूरा भयो, दलित भएकै कारण पाउन सकेका छैनौं ।’
उनले संसद्मा सरकारले छुवाछूत अन्त्य भएको पटक पटक घोषणा गरेपनि काठमाडौं मै आफूसहित दलितहरूले छुवाछूतको समस्या भोग्नु परिरहेको बताइन्।
‘संसद्मा पहिल्यै पटक पटक छुवाछूत अन्त्यको घोषणा भएको सुनिरहेको थिएँ,’ सांसद विश्वकर्माले भनिन्, ‘राजधानीमै यस्तो, दूरदराजका गाउँघरको हालत कस्तो होला ?’ गाउँघरमा दलितले सुतेका ठाउँमा पोत्नु पर्ने र खाएका भाँडा आफैं माझ्नु पर्ने जस्ता अन्यायपूर्ण भेदभाव र छुवाछूत रहेकोउनले बताइन्।
भेदभाव र छुवाछूत निर्मूल पार्न दलित शब्द नै हटाउन सरकार र संसद्समक्ष उनले माग गरिन्। ‘हामी दलित होइनौं, शिल्पी हौं, दलित शब्द नैहटाऔं,’ विश्वकर्माको भनाइ थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस