आर्थिक रुपमा पर निर्भरतामा रहँदै आएका महिला पछिल्लो क्रममा हस्तकला व्यवसायबाट आर्थिक रुपमा सशक्त बन्ने क्रममा देखिएका छन् ।
साना सानो लगानीबाट पर्याप्त लगानी सहित उद्यमशिलतातर्फ उन्मुख हुन थालेको पाइन्छ । सिपमूलक तालिमले उनीहरुमा बढेको आत्मविश्वास, स्वरोजगारमा वृद्धि, र पुरुषकै दाँजोमा व्यवसायी बन्ने चाहाना पनि महिलामा बढ्दै गएको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण सुन्दर नगरी पोखराको जति नै व्याख्या गरेपनि नपुगे जस्तो लाग्छ । माछापुच्छ्रेको काखमा टलपलाइरहेको फेवाताल पोखराको गहना हो । हिमशृंखला र तालवाहेक यहाँबाट देखिने हरियाली दृश्य पाखा पखेरा, मठमन्दिर, महेन्द्रगुफा, डेभिडफल्स पोखराका हेर्न लायक बहुमूल्य प्राकृतिक सम्पदा हुन् । नगरको बीचबाट जमिनमुनि खोचमा भूदृश्यका रुपमा लुकामारी खेल्दै बग्ने सेती नदीले सहरको चिनारी बोकेको छ ।
धेरैले भन्ने गर्छन् ‘पोखराको सुन्दरता बेचेर बाँचेका छन् पोखरेलीहरु ।’ यो सत्य पनि हो । यतिको सुन्दरता नहुँदो हो त पर्यटक भित्रिने थिएनन् । यहाँको आर्थिक पाटो सबल हुन सक्ने थिएन । विभिन्न जातजाति भाषा भाषी, धर्मावलम्बीको बीचको सहिष्णुता, भाइचारा र आत्मियताले पोखराको उचाइ बढाइरहेको छ । विश्वको आकर्षक पर्यटकीयस्थल मध्येको एक पोखरालाई अझै समृद्ध र सुन्दर बनाउन यहाँका सिर्जनशील हातहरु पनि जुटिरहेका छन् ।
पोखराको परिचय र पहिचानलाई विश्वसामु पुर्याउने अर्को महत्वपूर्ण माध्यम भनेको हस्तकलाका सामग्री पनि हो । स्थानीय स्रोत र साधनबाट निर्मित हस्तकला सामग्रीलाई पोखरा घुम्न आउने पर्यटकले पोखराको कोसेलीस्वरुप लाने गरेका छन् भने विदेशमा बस्ने नेपालीले समेत नेपालको पहिचानस्वरुप लाने गरेका छन् । स्थानीय कच्चा पदार्थद्वारा पद्मावति हस्तकलामा मात्रै झण्डै २५ थरी सामग्री छन् ।
जसमा पोखराको विशेषता भनेको छ्वालीबाट निमित्त सामग्रीनै हो । कास्कीमा जलकुम्भी झार, मकैको खोस्टा, छ्वाली, बाबियो, केराको रेसा, कटुसको पात, सालको पात, लगायत कच्चा पदार्थको प्रयोगबाट बढी मात्रामा हस्तकलाका सामग्री निर्माण हुँदै आएका छन् । जस्तै मकैको खोस्टाबाट चकटी, मोडा मात्रै तयार हुन्थे भने अहिले विभिन्न किसिमका फुल ९बुके० पनि तयार हुन थालेका छन् । एउटै कच्चा पदार्थलाई विभिन्न साम्रगी निर्माणका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने नमूना हो यो ।
कास्की पोखरा हस्तकला संघमा २५ वटा उद्योग सदस्यको रुपमा आवद्ध छन् । यी उद्योगहरुमा विभिन्न सामानहरु उत्पादन हुँदै आएका छन् । हस्तकलाका सामानबाट देशको आर्थिक पाटो सबल बनाउने प्रमुख सम्भाव्यता हुँदाहुँदै पनि हस्तकलाको सामानले अझै राम्रो बजार पाउन सकेको छैन । हस्तकला सामानजस्तै औद्योगिक रुपबाट पनि सामान तयार हुनु र लागत पनि कम पर्ने हुँदा हस्तकलाको बजार केही खुम्चिन गएको छ ।
तैपनि गुणस्तरको हिसाबले हेर्दा हस्तकला सामान राम्रो मानिन्छ । विभिन्न मेला महोत्सवमा राखिने स्टलहरुमा हस्तकलाका स्टल उत्कृष्ट र आकर्षक हुने गरेका छन् भने उद्यमशीलतातर्फ अघि बढ्न चाहानेहरुका लागि समेत प्रेरणाको स्रोत बनिरहेका छन् । उद्योग नै दर्ता नगरी घरमै बसेर पनि कतिपय हस्तकलाका सामग्रीलाई उत्पादन गर्न सकिन्छ । यसतर्फ विशेषगरी गृहिणी महिलाको चासो बढेको पाइन्छ । आत्मनिर्भर हुन पनि हस्तकला व्यवसाय अहिले सहयोगी सिद्ध बनेको छ ।
कास्की पोखरा हस्तकला संघले आयोजना गर्ने हस्तकलाको तालिमलाई घरेलु तथा साना उद्योग कार्यालय, पोखरा उपमहानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ लगायतका निकायबाट सहयोग र सहकार्य हुदै आएको छ भने स्थानिय आमा समूह, महिला समूहको सक्रियता रहँदै आएको छ ।
पोखरामा बर्षेनी हस्तकला व्यापार मेलासमेत सञ्चालन हुँदै आएको छ, यसले पनि हस्तकलाको बजार प्रवद्र्धन गर्नलाई केही सघाएको छ । त्यसै गरी महिलाद्वारा सञ्चालित र महिलामात्रै कार्यरत नेपालको एक मात्रै उद्यमशीलतालाई जोड दिएर सञ्चालित रेडियो जननीले पनि हस्तकलालाई प्राथमिकता दिएर सूचना प्रवाह गरिरहेको छ । सूचनाको प्रभावले धेरै जसो गृहिणी र अन्य बेरोजगार महिला हस्तकलाका सामग्री निर्माण तर्फ आर्क्षित हुन थालेका छन् ।
आर्थिक रुपमा पर निर्भरतामा रहँदै आएका महिला पछिल्लो क्रममा हस्तकला व्यवसायबाट आर्थिक रुपमा सशक्त बन्ने क्रममा देखिएका छन् । साना सानो लगानीबाट पर्याप्त लगानी सहित उद्यमशिलता तर्फ उन्मुख हुन थालेको पनि पाइन्छ । सिपमूलक तालिमले उनीहरुमा बढेको आत्मविश्वास, स्वरोजगारमा वृद्धि, र पुरुषकै दाँजोमा व्यवसायी बन्ने चाहाना पनि महिलामा बढ्दै गएको छ ।
यति हुँदा हुँदै पनि हस्तकलाको बजारले जुन फड्को पारेर जानु पर्ने हो त्यो भने हुन सकेको छैन । स्थानीय सामग्रीहरुको उत्पादनलाई पोखराको चिनोको रुपमा बेच्ने हस्तकलाको व्यवस्थित बजारको खाँचो देखिएको छ ।
पद्मावति हस्तकला उद्योगले मात्रै २०६० साल यता २ हजारभन्दा बढीलाई सिपमूलक तालिम दिइसकेको छ भने विभिन्न वडा एव नगरहरुमा सञ्चालित सिपमूलक तालिमले पनि यस्ता दक्ष जनशक्ति बढिरहेको आंकलन गर्न सकिन्छ । सामान उत्पादन गर्ने दक्ष जनशक्ति निर्माण भइसक्दा पनि यसको व्यवस्थित बजारको अभावले उनीहरुको क्रियाशिलता बढ्न सकेको छैन ।
लाइन्स, रेडियो जननी, हस्तकला महासंघमा समेत आवद्ध । दक्ष जनशक्तिको सिपलाई खेर जान नदिन पोखरामा पहिलो पोखराको राष्ट्रबैंक चोकमा नेपाल कोसेली घर समेत थापना भइसकेको छ । हस्तकला उद्योगलाई स्थापित गरी बजार प्रवद्र्धन गर्नका लागि केहि नवीनतम सोच र नीतिको खाँचो देखिन्छ ।
हरेक कुरामा परनिर्भरताबाट बाँचिरहेका हामीले आफ्नो सिप माथिनै विश्वास गर्न नसक्दा आयातित सामानले बजार ओगटेको छ । आत्मनिर्भरताका कुरा अहिले नारामा मात्र सिमित भएका छन् । स्वदेशीभन्दा विदेशी वस्तुमा रमाउने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।
हरेक घरका कोठा देखि होटल, बैठक, सेमिनार एवं मेला महोत्सव र पार्टीहरुमा स्वदेशी सामानबाट निर्मित हस्तकलाका सामान प्राथमिकता दिएर प्रयोग गर्नसके आयातित सामान विस्थापित हुँदै स्वदेशी हस्तकलाका सामानले स्थान पाउने छन् । यसो गर्न सक्यौं भने स्वदेशी सिपको मूल्यांकन एवं सम्मान हुन्छ भने आत्मनिर्भरताको बाटो पनि फराकिलो हुदै जानेछ ।
हस्तकला व्यवसायिहिरा भट्टराईसँग अर्थ संसारले गरेको कुराकानीको सारांश
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस