Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीसम्म साइकल यात्रा हुने

विहीबार, १३ असोज २०७३, १५ : ४३ मा प्रकाशित

काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीसम्म साइकल यात्रा हुने

अर्थ संसार
काठमाडौं–समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते (तदनुसार नेभेम्बर ८ र ९) काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने भएको छ । ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्रा काठमाडौं–धुलिखेलहुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ ।

सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते गोर्खालीले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, जिल्ला विकास समिति सिन्धुली र स्थानीय सेनाको गणले संयुक्त रुपमा आयोजना गर्ने उक्त विजयोत्सवले सरकारी उत्सवको रुप लिइसकेको छ ।

आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकल यात्रा त्यसैको सुरुआत हो ।‘सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउन साइकल यात्रा गर्न लागिएको हो,’ कार्यक्रम संयोजक सौरभ ढकालले भने, ‘यस्तो साइकल यात्रा हरेक बर्ष गर्ने हाम्रो योजना छ ।’ ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकल यात्रीलाई यस यात्रामा सहभागी गराउने प्रयत्न आफूहहरुले गर्ने उनले बताए ।

यस बर्षको साइकल यात्रामा पर्यटन बोर्डले अभियानलाई सघाउने भएको छ । स्थानीय रुपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रबन्ध मिलाउने छ ।
‘राइड टु सिन्धुलीगढी’ मा यात्रा गर्न इच्छुक साइकल यात्रीका लागि आयोजकले आवेदन खुल्ला गरेका छन् । इच्छुक ब्यक्तिले १ हजार रुपैयाँ तिरेर यात्रीले आफूलाई दर्ता गर्न सक्नेछन् । यात्रीका लागि आयोजकले खाने, बस्ने, टिसर्ट, बीमा, फर्कँदा सवारी साधनलगायतको ब्यवस्था गर्ने जनाएको छ ।

साइकल यात्रामा विश्व साइकल यात्री पुस्कर शाहसमेत सहभागी हुने भएका छन् । राइड टु सिन्धुलीगढीको नेतृत्व ब्यवसायिक साइकल यात्री देवेन्द्र बस्नेतले गर्नेेछन् ।
साइकल यात्रामा जान चाहनेले torycycle.com/stories/story/410 मा आफूलाई दर्ता गर्न सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको