Like us!
Follow us!
Connect us!
Watch us!

चावहिल–बौद्ध–जोरपाटी सडकका ठेकेदारलाई कारवाहीको माग

मंगलबार, १२ असार २०७५, ११ : ०९ मा प्रकाशित

चावहिल–बौद्ध–जोरपाटी सडकका ठेकेदारलाई कारवाहीको माग

अर्थ संसार, काठमाडौँ – चावहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजलको सडक बिस्तारका लागि ठेक्का भएको वर्षौँ बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरिएको छ ।

 समता मानव अधिकार तथा नागरिक समाजले  गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा छिटो सडक बिस्तार नगर्दा वर्षामा पानीको दह जमी सवारी एवं पैदल यात्रुको आवागमनमा पनि असहज भएको जानकारी गरायो । घाम लागेका बेला धुलोले सडकमा हिँड्न नसकिने ज्ञापनपत्रमा उल्लेख छ ।

 यसले गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको समाजले जनाएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सडक विस्तारका विषयमा अध्ययन गरी निर्माण व्यवसायी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए ।

 ज्ञापनपत्रमा केही घर अझै नभत्किएको, विद्युत्, टेलिफोन र केवलको तार नहटाइएकाले छिटोभन्दा छिटो साइड क्लियर गरी बिस्तारको व्यवस्था मिलाउन माग गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताए ।

 तीन खण्डमा ठेक्का दिई यो सडक बिस्तारको काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । तीनै खण्डका निर्माण व्यवसायीको समय सकिएकाले म्याद थप गरिएको आयोजना प्रमुख दीपक केसीले जानकारी दिए ।   साइड क्लियर गर्न अदालतमा मुद्दा परी अन्तरिम आदेश भएकाले काममा बाधा पुगेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको