Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपः  अर्जेन्टिना र पोर्चुगल  आउट

आइतबार, १७ असार २०७५, ०८ : ४६ मा प्रकाशित

विश्वकपः  अर्जेन्टिना र पोर्चुगल  आउट

अर्थ संसार, एजेन्सी– विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे ।

खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए ।

तर उरुग्वे ६२ औं मिनेटमा फेरी अग्रता लिन सफल भएको हो । काभानीले बक्स छेऊबाट सुन्दर गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरेका हुन् । यस जितसंगै उरुग्वे अन्तिम ८ मा प्रवेश गरेको छ भने क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल घर फर्किन बाध्य भएको छ ।

यस अघि मेस्सी सम्मिलित अर्जेन्टिना फ्रान्ससंग ४-३ ले पराजित भएको थियो । अब क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको