Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सि आर एस द्वारा वितरित ई-कन अब एक चक्किमा

विहीबार, २१ असार २०७५, १० : १२ मा प्रकाशित

नेपाल सि आर एस द्वारा वितरित ई-कन अब एक चक्किमा

अर्थ संसार, काठमाडौं– नेपाल सि आर एस द्वारा वितरित आकस्मिक गर्भ निरोधक चक्की ई-कन अब एक चक्किमा बजारमा उपलब्धछ ।

बिगतमा ई-कन एक चक्की खाई सकेपछी अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १.५ एम जि लेभोनोरजेसत्रेल  (1.5mg Levonorgestrel) कम्पोजीशनमा ई-कन एक चक्किमा उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ ।

असुरक्षीत यौन संपर्क भएको १२० घण्टाभित्रको समयमा जती सक्दो चाँडो ई-कन खाइयो, त्यती नै बढी यो प्रभाबकारी रहन्छ । ई-कन आकस्मिक गर्भ निरोधक चक्की मात्र रहेको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एच.आई.भि. र अरु यौनजन्य रोगहरु सर्नबाट नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ ।

नेपाल सि आर एस कम्पनी सन १९७८ बाट सन्चालित नाफा रहित सामाजिक संस्था हो जसले परिवार नियोजनका अस्थायी साधनहरु, पुर्नजलिय झोल तथा सुत्केरी सामाग्रीको बिक्री बितरण र प्रबर्धनका साथै दुर्गम सुगम क्षेत्रहरुमा बिभिन्न स्वास्थ्य समस्याका विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको