अर्थ संसार, काठमाडौँ– चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आन्दोलन सुरु गरेका छन् ।
सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप क्षेत्र संरक्षित स्मारकबाट समेत हट्न सक्ने खतरा भएर बाध्य भई आन्दोलनमा उत्रनुपरेको समता मानव अधिकार तथा नागरिक समाजले जनाएको छ ।
वर्षौंदेखि सडक नबन्दा यो मार्गबाट आवागमन गर्ने यात्रु वर्षामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् । नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल, स्तूपा सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थामा बिरामी पु¥याउन हिँडेका एम्बुलेन्स सडकमा जमेकोे पानीको दहमा फस्दा बिरामीले सास्ती व्यहोर्नुपरेकाले सडकको स्तरोन्ततिका लागि स्थानीयवासीले निरन्तर दबाबमूलक विरोधका कार्यक्रम गर्दै आएका हुन् ।
जनताले दुःख पाएकैले सरोकार भएका निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले राससलाई जानकारी दिनुभयो । सडकका ठाउँमा बनेका ठूला खाल्डामा पानीको दह जम्दा सवारी साधन र पेटीमा यात्रा गर्ने पैदल यात्रुले समेत सास्ती खेप्दै आएका छन् ।
स्थानीय दबाब समूहले यसअघि सडकमै विरोधसभा, सडक रोपाइँ, कवि गोष्ठीलगायतका कार्यक्रमसमेत गर्नुका साथै अब सरोकार भएका निकायमा घेराउ गर्ने योजना रहेको समाजले जनाएको छ । चक्काजामका कारण आज बिहान सबै यात्री पैदल यात्रा गर्न बाध्य भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस