अर्थ संसार, काठमाडौँ – प्रहरीले पार्किङ गरेका स्थानबाट सवारी साधन र सवारीका पार्टपूर्जा चोरी गर्नेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।
पार्किङ गरेको स्थानबाट स्कुटर चोरी गर्ने अभियुक्त पर्सा घर भई सानेपा बस्ने विजेश राउतलाई प्रहरीले गत शनिबार पक्राउ गरेको हो ।
यही असार १३ गते बिहान ज्वागलबाट कल्याण पन्तको पार्किङ गरिरहेको मोटरसाइकल चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । परिसरको अनुसन्धान शाखाले अनुसन्धान गर्दा स्कुटर फेला परेको प्रवक्ता (प्रहरी नायब उपरीक्षक) नरेन्द्र चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले अनुसन्धानका क्रममा एक सातामा स्कुटर फेला पारेका हौँ ।” बा९४प ६००७ नंको स्कुटरको मूल्य रु दुई लाख ३५ हजार छ ।
परिसरले विभिन्न स्थानमा पार्किङ गरेर राखिएका सवारी साधनका सामग्री चोरी गर्नेलाई पनि पक्राउ गरेको छ । मकवानपुर इपा पञ्चकन्याका २६ वर्षीय विनोदकुमार थिङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनले सवारी साधनबाट ब्याट्री, डिजेललगायत सामग्री चोरी गरेको अभियोग लगाइएको छ ।
ललितपुरको पटिचोकस्थित साजन पौडेलको महिन्द्रा निशान ट्रकबाट सामग्री चोरी गरेको प्रहरीले जनाएको छ । उहाँले भन्नुभयो, “उन
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस