Like us!
Follow us!
Connect us!
Watch us!

विपी राजमार्ग अर्थ राजनीति र नितीगत भ्रष्टचारका कारण विवादित बन्दै गएको उपभोक्ता मञ्चको आरोप

आइतबार, २४ असार २०७५, ०८ : ३४ मा प्रकाशित

विपी राजमार्ग अर्थ राजनीति र नितीगत भ्रष्टचारका कारण विवादित बन्दै गएको उपभोक्ता मञ्चको आरोप

शंखर पहाडी (गौरब)

अर्थ संसार, सिन्धुली– बिपी राजमार्गमा ठुला सवारी साधन सञ्चालनको विषयलाई लिएर उपभोक्ता मञ्च नेपाल सिन्धुलीले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा उपभोक्ता मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योती बानियाले विपी राजमार्ग अर्थ राजनीति र नितीगत भ्रष्टचारका कारण विवादित बन्दै गएको बताएका छन । साना सवारीधनीले ठुलो रकम संकलन गरेर केन्द्रिय तहमा निति निर्मातालाई समेत बुझाएर सिन्धुली,रामेछाप तथा दोलखाबासी भुकम्प पीडितहरुको ढाड सेक्ने काममा सघाउ पुर्याएको बाँनियाको आरोप छ ।

एक महिनादेखी ठुला सवारी साधन सञ्चालनमा सर्वोच्च अदालतले रोक लगाएपछि सिन्धुलीसहित रामेछाप दोलखा लगायतका पाहाडी जिल्लालाई प्रत्यक्ष असर परेको छ । विपी राजमार्गमा ठुला बस तथा ट्रक नचल्दा निर्माण समाग्रीको मुल्य  बढेको छ भने यात्रुहरु पनि साना सवारी साधनको प्रत्यक्ष सिकार भएका छन  ।

अन्र्तक्रिया कार्यक्रममा बस व्यवसायीले ३२ सिट सम्मको बस चल्दा विपी राजमार्गमा कुनै असर नपर्ने भन्दै चल्न दिनुपर्ने माग गरेका छन ।  यस राजमार्गमा बस चल्न नसक्ने अवस्था थियो भने सुरुमै चल्न सक्दैन भन्नुपर्ने थियो, विपी यातायात व्यवसायी संघका अध्यक्ष कान्छामान तामाङले भने,‘अहिले व्यवसायीले ठुलो लगानी फसाइसकेको ठाँउमा अनेक बाहाना गरि कहिले कार्यपालिकाबाट त कहिले न्यायपालिकाबाट आफुहरुलाई मर्का पार्ने काम नगरियोस् ।’ तामाङको भनाई छ ।

उनले विपी राजमार्गमा बस चल्नै नसक्ने अवःथा भए त्यसको पुष्टि गरे आफुहरु खुसी साथ नियमको पालना गर्न तत्पर रहेको अर्थ सन्सार सिन्धुलीलाई बताए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सरकारको नीति नियम कार्यन्वयन गर्ने निकाय आफुहरु भएकाले सर्वोच्चको आदेश पालना गरेको बताए । हामीले व्यवसायीसँग कुनै टकराब गर्न खोजेका होइनौ त्यस्तो गर्दैनौ तर सर्वोच्च अदालतले आदेश दिएपछि त्यसको पालना गर्ने पर्छ, प्रजिअ ढकालको भनाई छ ।

जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहेका प्रजिअ ढकालले जिल्लामा पछिल्लो समय बजारको महंगी बढेकाले त्यसको नियन्त्रण गर्न आगामी दिनमा निरन्तर बजार अनुगमन गर्ने जनाए । सरकारले बढाएको करका आधारमा बढेको मुल्य नौलो होइन, तर अनियमित ढङगबाट उपभोक्ताको ढाडसेक्ने गरि जसले महङगी बढाउछ, उसलाई कारवाही हुन्छ, उनले भने ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वर प्रसाद यादबले माथिकै निर्देशन अनुसार विपी राजमार्गमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाएको बताए । केहि व्यवसायीको गलत बुझाइ भएकाले ३२ सिट सम्म चल्ने गलत हल्ला भएको एसपी यादबले बताए । प्रहरीकै मिलेमतोमा विपी राजमार्गमा ठुला सवारी साधन समेत सञ्चालनमा आएका कार्यक्रममा सहभागीहरुको आरोप छ ।  

दिनभर सर्वोच्चको निर्णय मानेझै गरेपनि राती सबै ठुला गाडी निर्वाध छाडिएको सहभागिको आरोप थियो । तर प्रजिअ ढकालले भने यातायात विभागबाट स्विकृति लिएर आएकालाई मात्र छाडिएको दावि गरेका छन  ।

उपभोक्ता मञ्च सिन्धुलीका अध्यक्ष विष्णु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ,स्थानिय प्रहरी प्रशासन सहित पत्रकार र  यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको