अर्थ संसार, काठमाडौं– ग्लोबल सेपर्सले बुढानिलकण्ठमा भएको श्री गणेश सेकेण्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन असार २२ गते प्रदान गरेका छन् ।
उक्त कार्यक्रमको अध्यक्ष सांसद गगन थापा थिए । कार्यक्रममा बुढानिलकण्ठका मेयर उद्धव खरेल, प्रदेश नं. ३ का सांसद भिमसेन खत्री ग्लोवल सेपर्सका युवा नेतृ आस्मी राणा ,स्थानीय नेता, उक्त स्कुलका शिक्षक र प्रधानाध्यापकको पनि उपस्थिति थियो ।
गोरखामा आएको भुकम्पपछि ग्लोबल सेपर्सले भुकम्पबाट प्रभावित बिद्यार्थीहरुका लागि उक्त स्कुलको भवन स्थायी रुपमा बनाउने योजना बनाएका थिए । गोरखामा आएको भुकम्पले श्री गणेश सेकेण्डरी स्कुलको भवनमा धेरै क्षति पुर्याएको थियो । ग्लोबल सेपर्सले स्कुल भवनको सुरक्षा लाई ध्यानमा राखी नयाँ र आधुनिक सुबिधा का साथ उक्त भवनको निर्माण गरेको छ ।
उक्त स्कुलको भवन निर्माणको लागि ग्लोबल सेपर्सले रिलायन्स ग्रुप नेपाल , एम.सी. ग्रुप कतार एयरवेज , एन.आई.सी एसिया बैँक र एन.आई .बि.एल. बैँक जस्ता विभिन्न संस्थाहरु बाट सहयोग लिएका थिए । भवन निर्माणको लागि ठूलो धनराशी युसीडीसी १ लाख ५० हजार अनलाईन क्याम्पियन बाट उठेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस