अर्थ संसार, काठमाडौं– उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये दुई जनालाई सुरक्षित बाहिर निकालिएको छ ।
गुफामा बानी बढ्न सक्ने आशंकामा जोखिमयुक्त मेसिनको सहयोग लिएर उद्दार थाल्ने निर्णय भएको थियो ।डेलिमेलका अनुसार गुफामा फसेकामध्ये २ बालकलाई सुरक्षित र सकुशल बाहिर ल्याइएको छ । अस्पताल लैजानुपूर्व उनीहरुको उद्दारस्थलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि गोताखोरहरु पानी भरिएको गुफामा खटिएका छन् ।
उनीहरुलाई अलग अलग समूहमा बाहिर ल्याइनेछ । यो मिसन पूरा हुन कति समय लाग्छ थाहा छैन । समाचार एजेन्सी एएफपीले उद्दार दललाई उदृत गर्दै बताएअनुसार तीन दिन लाग्न सक्छ ।
गुफा भित्र रहेका बालवालिकाहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस