Like us!
Follow us!
Connect us!
Watch us!

किच, भारतको आर्किटेक्चरल हार्डवेयर ब्राण्ड अब नेपालमा

सोमबार, २५ असार २०७५, १९ : १६ मा प्रकाशित

किच, भारतको आर्किटेक्चरल हार्डवेयर ब्राण्ड अब नेपालमा

अर्थ संसार, काठमाडौं–  किच, भारतको अत्याधिक ख्यातिप्राप्त डिजाइनपूर्ण हार्डवेयर ब्राण्डले अब नेपालमा पनि आफ्नो सेवा शुरु गर्ने भएको छ ।

यो यात्रालाई अघि बढाउन किचले  नेपालमा औद्योगीक कच्चा पदार्थहरुको अग्रणी आपूर्तिकर्ताका साथसाथै एक व्यवसायिक संगठन पर्थ इन्टरनेशनल प्रा.लि.सँग सहकार्य सम्झौता गरेको छ । किचका लोकप्रिय ब्राण्डहरुको बजार प्रवद्र्धन हेतू पर्थले काठमाडौंमा भव्य प्रदर्शनी कक्ष स्थापना गरेको छ र यसको संचालन शुभारम्भको उद्घाटन एक कार्यक्रम गरिएको छ ।

किच एआइएस आइ ३१६ श्रेणीका स्टेनलेस स्टील उत्पादनहरु जस्तैः आर्किटेक्चरल हार्डवेयर, ग्लास फिटिङ्ग्स, फर्निचर फिटिङ्ग्स, बाथरुमका सामानहरु र ह्याड्रेल्स तथा बलुस्टर प्रणालीको उच्चस्तरीय वर्गको उत्पादनमा संलग्न छ । किचका उत्पादनहरु तिन्का अतुल्य डिजाइनहरु, अलौकिक पूर्णता र निर्वाध परिचालनका लागि चिरपरिचत छन् ।

यसका साथै किच भारतका केही त्यस्ता थोरै ब्राण्डहरु मध्येको एक हो जसले उत्कृष्ट गुणस्तरका लागि राष्ट्रिय पुरस्कारको सम्मान हासिल गरेको छ । भारतभर आफ्नो व्यापार विस्तार गरेको किच युरोप, मध्यपूर्व र अफ्रिकामा पनि ठूलो परिमाणमा बिक्रीहुने गरेको छ भनें यसको सेवा सन्जाल पनि उल्लेख्य रहेको छ ।

“नेपालमा हाम्रो उत्पादनको विशेष कक्ष संचालनगर्न पाएकोमा हामी हर्षित छौं र हामी यस अवसरमा हामी जेका लागि परिचित छौं ती नै विशिष्ट उत्पादनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्तगर्दछौं । हाम्रो व्यापारिक सहयात्रीपर्थ इन्टरनेशनल पनि नेपालको मागहरु पूर्ति गर्न हामीजत्तिकै लालायित हुनुहुन्छ । हामीलाई विश्वास छ, नेपाली जनताहरुले निश्चय पनि किचका उत्पादनहरु मन पराउनु हुनेछ र त्यसको अद्वितीय विशेषताको लाभलिनु हुनेछ ।

नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिएको देशमा हाम्रो ग्यालरी शुरु गर्न पाएकोमा हामलिाई साँच्चिकै गौरवको अनुभूति भएको छ ।” उक्त समारोहलाई सम्बोधन गर्दै किच आर्किटेक्चरल प्रडक्ट्स प्रा.लि.काप्रबन्ध निर्देशक भारत हपानीले बताउनु भयो ।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको