Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मीको नाफा ५६ करोड ११ लाख

विहीबार, १० साउन २०७५, १७ : १८ मा प्रकाशित

महालक्ष्मीको नाफा ५६ करोड ११ लाख

अर्थ संसार, काठमाडौं– महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ५६ करोड ११ लाख रुपैयाँ नाफा  कमाउन सफल भएको छ । 

अघिल्लो वर्ष ४४ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो। अघिल्लो वर्षको नाफ भन्दा गत वर्ष  नाफामा २६ प्रतिशत बृद्धि भएको हो ।

बैंकले खुद व्याज आम्दानी एक अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ७७ करोड ९८ लाख रुपैयाँ थियो।अघिल्लो वर्ष नै चुक्ता पूँजी पुरा गरिसकेको बैंकले जगेडा कोषमा एक अर्ब ४३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ।

गत वर्ष ८ प्रतिशतले निक्षेप बढाउदा कर्जा लगानी पनि ४.५२ प्रतिशतले बढाएको छ। बैंकको खराव कर्जा ३.८८ प्रतिशत पुगेको छ। उच्च व्याजदरको प्रभाव आधार व्याजदर ११.३८ प्रतिशतबाट १२.३४ प्रतिशत पुगेको छ। यता, बैंकको प्रतिसेयर आम्दानीमा भने ६ रुपैयाँ ५३ पैसाको गिरावट आएको छ ।

अघिल्लो वर्ष २७ रुपैयाँ ८४ पैसा (वार्षिक) रहेको महालक्ष्मीको प्रतिसेयर आम्दानी अहिले २१ रुपैयाँ ३१ पैसा ९वार्षिक० मा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४५ पैसाबाट बढेर १५४ रुपैयाँ ३० पैसा भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको