अर्थ संसार, पोखरा– पोखरा फाइनान्सले पनि गत आर्थिक वर्षमा ४ प्रतिशतले नाफा बढाउदै ९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ।
फाइनान्सले तीन अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरि तीन अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेकोल छ। निक्षेपको तुलनामा ऋण लगानीमा एग्रेसिभ देखिएको छ।
नेपाल राष्ट्र बैंकले तोकेको पूँजी जुटाउन सफल फाइनान्सको जगेडा कोषमा ३५ करोड ७५ लाख रुपैयाँ जम्मा भएको छ।
खराव कर्जामा उल्लेख्य सुधार गरेको संस्थाले १.१२ प्रतिशतमा झारेको छ। स्प्रेड दर ३.८२ प्रतिशतबाट ४.३१ प्रतिशत पुर्याउदा नाफमा केहि सुधार भएको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस