Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसी र नेशनल बैंकिङ्ग विच तालिक कार्यक्रम संचालन सम्बन्धी सम्झौता

मंगलबार, १२ भदौ २०७५, २० : ५६ मा प्रकाशित

एनसिसी र नेशनल बैंकिङ्ग विच तालिक कार्यक्रम संचालन सम्बन्धी सम्झौता

अर्थ संसार, काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच मिति मंगलबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
 
उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गर्नुभएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको