Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक अभियान्ता आचार्य प्रतिष्ठित अन्तरार्ष्ट्रिय पुरस्कारबाट सम्मानित

आइतबार, १४ असोज २०७५, १३ : ४७ मा प्रकाशित

सामाजिक अभियान्ता आचार्य  प्रतिष्ठित अन्तरार्ष्ट्रिय पुरस्कारबाट सम्मानित

अर्थ संसार, काठमाडौं– अन्तर्राष्ट्रिय अकुपेसनल हाइजिन एसोसिएसन  (IOHA) ले सामाजिक अभियन्ता एवं श्रमिक अधिकारकर्मी तथा साहित्यकार श्री होमराज आचार्यलाई फर्स्ट ग्लोबल कोलाबोरेसन पुरस्कारबाट सम्मान गरेको छ । 

यही सेप्टेम्बर महिनाको २६ तारिखका दिन वाशिंगटन, डी. सि.मा आयोजना गरिएको अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मलेनबीच वहाँ सम्मानित हुनुभएको हो । यो सम्मान आचार्य लगाएत ग्लोबल फेअरनेस इनिसिएटिभ, वर्क प्लेस विथआउट बोर्डेर्स र काठमाडौं युनिभर्सिटीलाई संयुक्तरुपमा प्रदान गरिएको हो ।

३५ देशका बिभिन्न संस्थाका करिब २०,००० सदस्य रहेको  IOHA ले  यो पुरस्कार पहिलो पल्ट दिएको हो र अब प्रतेक दुइदुइ बर्षमा यो पुरस्कार कामदारको सुरक्षा संबन्धमा बृहद समन्वयकरी भूमिका खेल्ने संस्था र अभियन्ताहरुलाई निरन्तररुपमा दिईने छ । पुरस्कार स्थापनको उद्घाटनमै आफूले गरेको काम छानिएकोले निकै खुसी लागेको कुरा होमराज आचार्यले बताए । यसबाट आफुलाई अझै हौसला मिलेको उनले खोले ।

नेपालमा बाल, एवं बाध्यकारी श्रमको अन्त्य गर्ने, जलबायु परिवर्तन र तेस्को प्रभावका बारे समाजलाई सचेत बनाउने, मानवमैत्री विकासका पक्षमा वकालत गर्ने, शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा र सम्वृद्दीमा जनताको गुणस्तरीय पहुँच पुर्याउनु पर्ने जस्ता  अभियानमा आचार्य बर्सौं देखि जुटिरहेका छन् ।

सरकार, नागरिक समुह, निजी क्षेत्र एवं श्रमिकहरुलाई यौटै टेबलमा ल्याई सन्तुलित सार्बजनिक नीतिको वकालत गर्ने आचार्यले बजार र उपभोक्ता उत्तरदायी नभएसम्म समाजमा परिवर्तन आउन अप्ठेरो हुन्छ भनी ठोकुवा गर्छन् ।

श्रमिक मैत्री उद्योग र उद्योग मैत्री नीतिस सचेत उपभोक्ता र उत्तरदायी उद्मी अभियान पनि उनले सुरुगरेका हुन् । यसलाई उनि सन्तुलित विकासको मोडेल भन्छन् । यो सन्तुलित विकाशको मोडेल भित्र एकाईसौं शताब्दिको विकास आबस्यकता रहेको छ । यो नाङ्गो आँखाले देखिने कुरा होइन तेसैले आँखाको हेर्ने तरिकामा समेत परिवर्तन चाहिन्छ । असल विकासको अन्तर्य समुदायको अस्तित्त्वसंग जोडिएको हुन्छ । धेरैले यो कुरा नबुझनेमात्रै हैन, उनीहरुको सोंचमासमेत पर्दैन, आचार्यले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको