नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।
दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै बैंकले वितरण गर्न लागेको ५–५ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन गरेको हो । समायोजनपछि सिद्धार्थ बैंकको सेयरमूल्य प्रतिकित्ता ३४९.५२ रुपैयाँ कायम भएको छ । नेप्सेले बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।
त्यस्तै मूल्य समायोजनपछि सिटिजन्स बैंकको सेयरमूल्य प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । नेप्सेले यस बैंकको अन्तिम कारोबार मूल्य २१२.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस