अर्थ संसार, काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।
दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेकाे छ ।
डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।
आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिनेछ ।
तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य पति–पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्याे अयाेग्य ठहरिने छ ।
तपाईंले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस