Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेताहरु शिक्षण अस्पतालमा

सोमबार, १२ कार्तिक २०७५, ११ : ०५ मा प्रकाशित

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेताहरु शिक्षण अस्पतालमा

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ ।

प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । रुघाखोकी सामान्य अवस्थामा नआएपछि स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुग्नुभएको छ ।

यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्कनुभएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिनुभयो । अस्पतालले केही समयपछि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने बताएको छ ।
प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड ट्रान्सप्लान्ट केन्द्रमा उपचार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको