Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको अवस्था सामान्य– टिचिङ अस्पताल

सोमबार, १२ कार्तिक २०७५, ११ : २९ मा प्रकाशित

प्रधानमन्त्रीको अवस्था सामान्य– टिचिङ अस्पताल

अर्थ संसार, काठमाडौ – प्रधानमनत्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मौसमी रुखाखोकीका कारण स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि पुग्नुभएको हो ।

अस्पतालले प्रधानमन्त्री ओलीको शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा उहाँलाई आज बिहान ४.३० बजे भर्ना गरिएको जनाएको छ ।अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य स्थितीमा क्रमिक सुधार देखिएको र उहाँको अरु स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड टान्सप्लान्ट केन्द्रका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको