Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नं. १ को मन्त्रिपरिषद्ले गरेका १२ निर्णय यस्ता छन्

बुधबार, १४ कार्तिक २०७५, १३ : ३१ मा प्रकाशित

प्रदेश नं. १ को मन्त्रिपरिषद्ले गरेका १२ निर्णय यस्ता छन्

अर्थ संसार, विराटनगर– प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिष्द बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ ।

बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ ।

बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताउनुुभयो ।

बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ ।

त्यसका लागि सङ्घीय सरकारबाट रु १७ करोड विनियोजन भइसकेको छ । बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ ।

साथै, कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गर्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको