Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिक पुगेर सभामुखले भेटे पद्यरत्नलाई

बुधबार, १४ कार्तिक २०७५, १६ : २६ मा प्रकाशित

नर्भिक पुगेर सभामुखले भेटे पद्यरत्नलाई

अर्थ संसार, काठमाडा– सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

बुधबार बिहान साढे ११ बजे नर्भिक अस्पताल पुगी सभामुख महराले तुलाधरको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिनुभएको हो ।

अस्पताल पुग्नुभएका सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरुले जानकारी गराएका थिए । सो अवसरमा सभामुख महराले अस्पताल तथा डाक्टरहरुलाई तुलाधरको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुहुँदै तुलाधरको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

अन्नपूर्ण न्यूरो अस्पतालबाट हिजो बेलुकी रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको हो ।

नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टीमले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको