Like us!
Follow us!
Connect us!
Watch us!

‘कम्युनिस्ट सरकारको लोकप्रियता घटेको छैन’

बुधबार, १४ कार्तिक २०७५, २० : ४३ मा प्रकाशित

‘कम्युनिस्ट  सरकारको लोकप्रियता घटेको छैन’

अर्थ संसार, विराटनगर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताउनुभएको छ ।

विमानस्थलमा आज यहाँ सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पार्नुभयो । सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा बढीमा बिक्री भएको पाइए कारवाही हुने उहाँले बताउनुभयो ।

उपभोक्ता, किसान र उद्योगीहरुसँगको छलफलपछि नै सरकारले चिनीको खुद्रा मूल्य रु ७० कायम गरेको उहाँको भनाइ थियो । मन्त्री यादवले कालाबजारी र गलत कार्य गर्ने ठेकेदारलाई सरकारले कारवाही गरेको उल्लेख गर्दै सञ्चार माध्यमलाई सत्यतथ्य समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभयो । विगतमा बजार अनगुमन कार्य नभएकाले अब केही दिनभित्र ग्रामीण क्षेत्र र साना शहर–बजारको समेत अनुगमन हुने उहाँले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको