Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री आज डिस्चार्ज हुँदै

शुक्रबार, १६ कार्तिक २०७५, ०८ : ५९ मा प्रकाशित

प्रधानमन्त्री आज डिस्चार्ज हुँदै

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले डिस्चार्ज दिँदै छन्। प्रधानमन्त्रीको बिहीबारको सबै रिपोर्ट सामान्य देखिएकाले शुक्रबार साँझसम्ममा डिस्चार्ज दिने तयारी रहेको प्रा.डा. अरुण सायमीले बताए ।

रगतमा चिनीको मात्रा सन्तुलित भएपछि प्रधानमन्त्रीलाई दिँदै आएको इन्सुलिन पनि बिहीबारदेखि बन्द गरिएको छ । डा. सायमीका अनुसार खोकी पनि पूर्ण रूपमा ठीक भएको छ । रुघा, खोकीसँगै छातीमा संक्रमण भएपछि उनी सोमबारदेखि मनमोहन कार्डियोथोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको