Like us!
Follow us!
Connect us!
Watch us!

पब्लिक इनोभेटर ई .कँडेललाई माल्दिभ्सको राष्ट्रपतीय सपथ ग्रहणमा निमन्त्रणा

शुक्रबार, १६ कार्तिक २०७५, १४ : ४९ मा प्रकाशित

पब्लिक इनोभेटर ई .कँडेललाई माल्दिभ्सको राष्ट्रपतीय सपथ ग्रहणमा निमन्त्रणा

अर्थ संसार, काठमाडौं– पब्लिक इनोभेटर ई. कँडेललाई माल्दिभ्सको राष्ट्रपतीय सपथ ग्रहणमा उपस्थित हुनको लागि निमन्त्रणा पठाईएको छ ।

माल्दिभ्समा राष्ट्रपति तथा उपराष्ट्रपति हुन लागेका क्रमशः ईब्रहाइम मोहम्मद सल्लह र फैसले नसीमको सपथ ग्रहणमा उपस्थित हुनकोलागि पत्रमार्फत निमन्त्रणा प्राप्त भएको कँडेलले जानकारी दिएका छन् ।

कँडेलकाअनुसार यही अक्टोबर १७ तारिख ५ बजे माल्दिभ्सको माले शहरमा राष्ट्रपतीय सपथ ग्रहण हुन लागेको हो । उनले भने,‘राष्ट्रपतीय सपथ ग्रहणको समय आज भर्खर आएको पत्रअनुसार परिवर्तन भएको हो जुन यसअघि ११ अक्टोबर २०१८ को लागि तय भएको थियो ।

२९ सेप्टेम्बर २०१८ मा माल्दिभ्सको निर्वाचन आयोगले आधिकारिक रूपमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिह र फैसले नसीमलाई क्रमशः राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।

कँडेलले माल्दिभ्स सरकारसँग नागरिक उड्ययन क्षेत्रको विकास र स्तरोन्नतीलाई प्राथमिकता दिँदै अगाडि बढ्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने,‘यो कुरा मैले स्वयम् नवनिर्वाचित राष्ट्रपति ईब्रहाइमलाई छुट्टै भेटेर आग्रह गर्नेछु ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले माल्दिभ्सको नागरिक उड्ययनको अवस्थालाई दिँदै आएको ६५.८२ प्रतिशत अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउने मेरो उद्देश्य छ ।’

5bdc16525d7cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको