Like us!
Follow us!
Connect us!
Watch us!

‘कठोर’ अमेरिकी प्रतिबन्धका बाबजुद इरानले कच्चा तेल बिक्री गर्ने

सोमबार, १९ कार्तिक २०७५, २० : १९ मा प्रकाशित

‘कठोर’ अमेरिकी प्रतिबन्धका बाबजुद इरानले कच्चा तेल बिक्री गर्ने

अर्थ संसार, तेहरान, इरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाउनुभएको छ ।

इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागु हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घण्टापछि राष्ट्रपति रौहानीले भन्नुभयो ।

हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाइने छ । रौहानीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीहरू यो बुझेका छन् कि इरानी तेल बजारलाई विस्थापित गर्न सकिँदैन, उहाँले भन्नुभयो । इरानसँग पहिल्यै सम्झौता गरिसकेका केही मुलुकलाई अमेरिकीहरूले कारोबार गर्न निषेध गरेपनि हामीले हाम्रो तेललाई बेच्न सक्छौँ । त्यसका लागि उपयुक्त क्षमता हामीसँग छ ।

अमेरिकाले सन् २०१५ मा उसकै नेतृत्वमा अन्य विश्व शक्तिराष्ट्रहरू चीन, रूस, बेलायत, जर्मनी र फ्रान्स लगायतले गरेको सम्झौतापछि इरानविरूद्ध लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको वासिङ्टनले गत शुक्रबार अर्को घोषणा गर्दै सोमबारबाट अझ कठोर भनिएको प्रतिबन्ध लागु गरिएको जनाएको छ ।

अमेरिकाको प्रतिबन्धले विश्वका उर्जा, जलयात्रा, पानीजहाजको निर्माण र आर्थिक क्षेत्रजस्ता केही मुलुकका संवेदनशील क्षेत्रलाई लक्षित गरेको बताइने गरेको छ ।

वासिङ्टनले इरानले उक्त क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गरेको दावी गरेको छ भने यसको तेहरानले खण्डन गर्नेगरेको छ । सिन्ह्वा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको