Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंक अर्बपति क्लबमा

सोमबार, ०३ मंसिर २०७५, १४ : २० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक अर्बपति क्लबमा

अर्थ संसार, काठमाडौं–सरकारी स्वामित्वको  राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ ।

खुद व्याज आम्दानी ४८ प्रतिशतले बढाएर २  अर्ब ६० करोड पुर्याएको छ ।यस्तै ३ महिनामा १  खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ९ अर्ब पुगेको छ भने जगेडा कोष १४१.६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको छ।पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा  ३.८३ प्रतिशत पुगेको छ । आधार व्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ।

यस्तै बैंकको  निष्क्रिय कर्जा अनुपात ३.८३ प्रतिशत, कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत, आधार ब्याजदर ६.३३ प्रतिशत, प्रतिशेयर आम्दानी १२.४४ रुपैंया रहेको छ ।

यो पनि पढ्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको