Like us!
Follow us!
Connect us!
Watch us!

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

सोमबार, ०३ मंसिर २०७५, १५ : ५३ मा प्रकाशित

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

अर्थ संसार, बाल्टीमोर– संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ ।

यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ ।

बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ । अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो । विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने स्पष्ट गरेको छ, र यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन ।

ब्लुमबर्गले जारी गरेको वक्तव्यमा “विश्वविद्यालयलाई एउटा उपहार दिएको” बताउनुभएको छ । अमेरिकाको सुप्रसिद्ध यो विश्वविद्यालय बाल्टीमोरका एकजना व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो ।

ब्लुमबर्ग एल।पी। का संस्थापक ७६ वर्षीय माइकल ब्लुमबर्ग विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा हुनुहुन्छ । उहाँले जोन्स हप्किन्सबाट सन् १९६४ मा स्नातक गर्नुभएको थियो । उहाँ सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क सहरको मेयर हुनुका साथै अमेरिकी राष्ट्रपतिका सम्भाव्य उम्मेदवारमा रहनुभएको थियो । रासस÷एपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको