अर्थ संसार, विराटनगर– नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ ।
राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताउनुभयो ।
जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काङ्ग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको औंल्याउनुभयो ।
उहाँले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताउनुभयो । सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो । उहाँले पार्टीभित्रको कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीलाई समयानुकूल अघि बढाउन विधान संशोधनको विकल्प नरहेको धारणा राख्नुभयो । केन्द्रीय सदस्यद्वय डा ज्ञानेन्द्र कार्की र डिला सङ्ग्रौलाले सरकारलाई सही मार्गमा ल्याउन काङ्ग्रेसको भूमिका बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई कसरी डोर्याउने, आर्थिक र राजनीतिक रणनीति के हुने र पार्टीलाई समयसापेक्ष बनाउन विधानमा हुने संशोधनका विषयबारे सुझाव लिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा प्रदेश नं १ का पार्टी सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस