हेरौं, आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– केहि अघिदेखि निरन्तर ओरालो लागेको शेयर बजारले (आज) मंगलबार पनि निरन्तरता दिएको छ । ८.५४ अंकले घटेको बजारमा १४५ वटा कम्पनीको ५ लाख ६६ हजार ६६९ कित्ता शेयर खरिदविक्री हुँदा १७ करोड ४९ लाख ७९ हजार २४५ रुपैयाँको कारोबार भएको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९६ अंकले घटेको छ । कारोबार भएको १० वटा समूहमध्ये ९ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स ११८१.६६ विन्दुपमा आइपुगेको छ ।
कारोबार भएको समुहमध्ये उत्पादन समूह ७.२२ अंकले बढेपनि बैकिङ ९, होटल ०.८१, डेभलपमेन्ट बैंक ५.८, जलविद्युत २.२३, निर्जीवन लाइफ इन्स्योरेन्स ५८.५६, अन्य ६.२९, माइक्रोफाइनान्स ६.५ र लाइफ इन्स्योरेन्स २७.८८ अंकले घटेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस