अर्थ संसार, काठमाडौँ– मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध गराइएको हो ।
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको वित्तीय क्षेत्रको अववस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आधुनिक समाजमा वित्तीय क्षेत्रको महत्व बढ्दै गएको बताउनुभयो ।
आगामी दिनमा बाँकी रहेका ४० प्रतिशत नागरिकलाई पनि वित्तीय सञ्जालमा जोड्नुपर्ने उहाँले बताउनुभयो । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले परिवर्तित संरचनाअनुसार ७५३ स्थानीय तहमा सरकारले वितरण गर्ने रकम अझै बैंकमा प्राप्त हुन नसकेका कारण प्रथम चौमासिकमा करीब रु ९० अर्बको निक्षेप कमी भएको बताउनुभयो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अहिले देशमा लगानीका लागि कर्जाको माग बढ्दै गएको भए पनि आन्तरिक स्रोतले त्यसको व्यवस्थापन गर्न कठिन रहेको बताउनुभयो । सङ्घका अध्यक्ष पदमराज रेग्मीले मुलुकमा वित्तीय क्षेत्रलाई बलियो बनाउन निक्षेप सङ्कलन र ऋण प्रवाहमा कायम गरिने व्याजदर सन्तुलित हुनुपर्नेमा जोड दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस